रमाउने इच्छाले प्रेरित मस्तिष्कहरु
सृ्क्ष्म निरीक्षण गर्न त्रिनेत्र जड्नेहरु
अर्काको मन बुझ्न खोज्ने मनहरु
थाहै नपाई नाङ्गिएझै ंशिशीरका वृक्षहरुजस्तो
नाङ्गिदैछन् आजका संस्कारवीहिन मानवहरु ।
कस्तो विडम्बना
के नाङ्गिनैपर्छ वसन्त ल्याउन वृक्षहरुले ?
के नाङ्गिनैपर्छ सभ्य कहलाउन मान्छेहरुले ?
आवश्यक छैन
रुखहरुले शिशीरमा नाङ्गिनैपर्छ भनेर
नाम नाममा लज्जित आँखा जन्माउनैपर्छ भनेर
यसो नहुने हो भने
नाङ्गिएर आउने वसन्तको खाँचो छैन
पात्तिएर आउने सभ्यताको मृ्ल्य छैन
यो कलम पनि जोडतोडका साथ
ह्वालह्वाली मसी छाद्दो छ
शिशीरलाई पचाएर रुखहरु वसन्त अंगालृ्न्
अत्याधुनिकता पन्छाएर
मान्छेहरु संस्कारपृ्र्ण सभ्यताको
गम्भीर पहाडहरु उक्लियृ्न्
दानव मन पन्छाएर मानव मन धारण गरुन् ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी, 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क:
ReplyDeleteadams.credi@gmail.com
तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन।